NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

जनमोर्चाबाट निकालिए गण्डकी प्रदेश सांसद कृष्ण थापा

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभाका सांसद कृष्ण थापालाई पदमुक्त गरेको छ । बिहीबार प्रदेशसभा सचिवालयमाजनमोर्चाले दलबाट निष्काशन गरेको पत्र पठाएसँगै थापा पदमुक्त भएका हुन् । सभामुख नेत्रनाथ अधिकारीले बिहीबार नै १ बजे सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिँदै उनको ठाउँमा प्रदेशसभा सदस्य पद रिक्त रहेको बताए । थापालाई जनमोर्चाले साधारण सदस्य पनि नरहने गरी यसअघि नै निलम्बन गरेको थियो । थापाले पार्टी नीति विपरीत सरकारलाई साथ दिने बताएपछि सांसद पदबाटै निष्कासन गर्न प्रदेशसभालाई जानकारी गराएको हो । ६० सदस्यीय गण्डकी प्रदेशसभा थापा पदमुक्त भएपछि ५९ सदस्यीय भएको छ । प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका ३ जना सांसद रहेकामा अब २ जनामात्र रहेका छन् ।