NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कञ्चनपुरमा निषेधाज्ञा लम्बियो

कञ्चनपुर । कञ्चनपुरमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याइएको छ । जिल्लामा कोभिड संक्रमणदर नघटेको भन्दै जेठ ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बताए । यस अघि लागू गरिएको निषेधाज्ञा २२ गते सकिदैछ । त्यसलाई लम्ब्याएर ३१ गतेसम्म पुर्याइएको हो । अब सबै बैंक तथा वित्तीय संस्थाहरु आइतबार र बुधबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न सकिने जनाइएको छ । यस्तै तरकारी, फलफूल, खाद्यान्न, दूध डेरी, मासु, खानेपानी, ग्याँस पसलहरु, किराना पसल र डिपार्टमेन्टल स्टोर प्रत्येक आइतबार र बुधबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र खुला गर्न पाउने निर्णय गरिएको छ ।