NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

डोटीमा निषेधाज्ञा जेठ ३१ गतेसम्म लम्ब्याइयो

डोटी । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञालाई यही जेठ ३१ गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बिहीबार बसेको बैठकले निषेधाज्ञाको अबधि थप गरेको प्रमुख जिल्ला अधिकारी सुनील खनालले जानकारी दिए । जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ६०० पुगेको छ । कोरोनाबाट जिल्लाभित्र र बाहिर गरी हालसम्म ११ जनाको मृत्यु भइसकेको छ ।