NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सुदूरपश्चिममा संक्रमित हुने भन्दा निको हुने धेरै

धनगढी । सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमित हुनेभन्दा निको हुने सङ्ख्यामा वृद्धि भएको छ । सो अबधिमा १ हजार ३२८ सङ्क्रमित घर फर्किएका छन् भने ३२८ सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार प्रदेशमा आज कैलाली, कञ्चनपुर र बझाङ जिल्लाका गरी चार सङ्क्रमितको मृत्यु भएको छ । यो समेत गरेर हालसम्म मृतकको सङख्या ५१६ जना पुगेको छ । प्रदेशको जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ मध्ये आज सम्म दुई लाख ३४ हजार ६३२ जनाको कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ । प्रदेशका विभिन्न १२ अस्पतालका भेन्टिलेटरमा आठ, सघन उपचार कक्षमा १४ र कोभिड वार्डमा ३६ बिरामी उपचाररत् छन् । कोरोना भाइरसका सक्रिय सङ्क्रमित पछिल्ला दिनमा घट्दै गएका छन् । एक हप्ता अघिसम्म प्रदेशमा दश हजार ५२ जना सक्रिय सङ्क्रमित रहेकोमा आज यो सङ्ख्या घटेर पाँच हजार २७३ पुगेको छ । दोस्रो लहरको कारोना भाइरस फैलिदेखि यही जेठ ७ गते एकै दिन प्रदेशमा सबै भन्दा बढी ९८४ नयाँ सङ्क्रमित थपिएका थिए । साथै सबै भन्दा बढी ३१ जना सङ्क्रमितको मृत्यु भएको थियो । यसै बीच कैलाली जिल्लामा स्थानीय प्रशासनद्वा जारी निषेधाज्ञाको अबधि यही जेठ ३१ सम्म थपिएको छ ।