NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

झापामा थपियो तेस्रो पटक निषेधाज्ञा

झापा । झापामा तेस्रो पटक निषेधाज्ञा थप भएको छ । बिहीबार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले यही जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । गत वैशाख २२ गतेदेखि शुरु भएको निषेधाज्ञा एक महिना पुगेको छ । जिल्लामा संक्रमण नघटेपछि तेस्रो पटक निषेधाज्ञा थप गरिएको बताइएको छ। जिल्लाका राजनीतिक दल, जनप्रतिनिधिसमेत सहभागी बैठकले खाद्यान्न पसल हप्तामा दुई दिन बिहान ६ देखि ९ बजेसम्म खोल्न दिने निर्णय गरेको छ ।