NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

जसपा नेता झाले ल्याए ‘उठु मधेसी, जागु मधेसी’ गीत

काठमाडौं । जसपा नेता केशव झाले ‘उठु मधेसी, जागु मधेसी’ मैथिली गीत ल्याएका छन् । मधेसी समुदालाई आफ्ना हक, अधिकार, पहिचानको निम्ति सचेत गराउने आग्रहसहितको गीत ल्याएका हुन् । फुटेर होइन जुटेर सँगै बस्न प्रेरणा मिलोस् भनेर आफूले गीत ल्याएको उनी बताउँछन् । ‘उठ्नुस मधेसी, जागनुस मधेसी , स्थापित गर्नुस आफ्नो पहिचान, न अलमलिनुस, नभुल्नुस, बचाउनुस आफ्नो स्वाभिमान । मौका यदि तपाईले चिन्नु भएन भने सारा अधिकार गुमनेछ।शहिदहरुको सपना र बलिदानी सबै ब्यर्थ हुने छ’ उनले भनेका छन्, ‘आफैं आफैं नलड्नुस नत्र संघर्ष पनि बेकार हुनेछ। भाषा , जाति धर्म को नाउँमा लड्नुभयो र छुटिएर बस्नु भयो भने शासकवर्गले जेलझाल गरेर केही दिनेवाला छैनन्। त्यसकारण मिलेर बसौं।जुटेर बसौं। अहिलेको परिस्थितिमा सगैं बस्न प्रेरणा मिलोस भनेर अहिले गीत सार्वजनिक गरेको छु ।’ आफ्नै शब्द, संगीत र स्वरमा उठु मधेसी, जागु मधेसी मैथिली गीत ल्याएका हुन् । उनको यो गीत १ जुनमा युट्युवमा अपलोड भएको हो । https://www.youtube.com/watch?v=j-xLlDsBf1g&t=182s