NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कालो ढुसीबारे जान्नैपर्ने कुरा

काठमाडौं । भारतपछि नेपालमा पनि यतिबेला कालो ढुसी( म्युकोमाइकोसिस)को त्रास बढ्न थालेको छ ।यस्तो संक्रमणले बिरामीको आँखा, नाक र अनुहार बिगार्छ । विरलै देखिने यो संक्रमण प्राण घातक पनि हुने देखिएको छ । आज कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको कालो ढुसीकै कारण मृत्यु भएको छ । विज्ञहरूका अनुसार यो संक्रमणका कारण मृत्यु हुने सम्भावना ५० प्रतिशत छ । तर, समयमै यसको उपचार गरेमा निको हुन सक्छ । यसका प्रारम्भिक लक्षणहरू – अनुहार, मुख, नाक र आँखा वरिपरि दुख्ने – ज्वोरो आउने – आँखा र नाक रातो हुने या सुन्निने – आँखाको ढकनी सुन्निने र आँखाले धमिलो देख्ने – नाकबाट रतग बग्ने या हलिने – दाँत दुख्ने या हल्लिने – नाकको वरिपरिको छालाको रङ कालो हुँदै जाने को हुन् कालो ढुसीको उच्च जोखिममा रहेकाहरू ? कोरोना संक्रमणको उपचारको क्रममा स्टेरोय प्रयोग गरिरहेका व्यक्तिहरू र चिकित्सकको सल्लाहबिनै एन्टिबायोटिक वा अन्य औषधिको जथाभावी प्रयोग गर्नेहरू कालो ढुसीको उच्च जोखिममा हुन्छन् । त्यस्तैगरि मधुमेह भएका वा दीर्घरोगी र रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिहरू पनि यसको जोखिममा पर्छन् ।