NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कोरोनाबाट संक्रमणमुक्त भएको महिनौंसम्म पनि किन हुन्छ शारीरिक थकान ?

काठमाडौं । कोरोना संक्रमणबाट मुक्त भएको तीन महिनासम्म पनि कैयौं मानिसले थकान, ज्वरो, टाउको दुखाइ र गन्ध नआउने गरेको गुनासो गर्दै आएका छन् । सबैभन्दा बढी गुनासो शारीरिक थकानकै छ । कोरोना संक्रमित भइसकेपछि हुने तनावले पनि मानिसलाई दिमागी बिरामी बनाइरहेको छ । यसै कारण मेडिकल अध्ययनकर्ताले यस विषयमा विशेष ध्यान दिन सुरु गरेका छन् । कोरोना संक्रमण र यसका लक्षण सकिसकेपछि पनि मानिसमा यस्तो चिन्ता किन हट्न सकिरहेको छैन ? आखिर यस्ता लक्षण कति दिनसम्म रहन्छ ? यस विषयमा अहिले वैज्ञानिकले अध्ययन थालेका छन् । चिकित्सक र मेडिकल अध्ययनकर्ताले यस्ता समस्यालाई ‘लङ्स कोभिड’ अर्थात फोक्सोको कोरोना भन्दै आएका छन् । यो समस्या के हो ? यसको लक्षण र उपचार के हो ? फोक्सोको कोरोना के हो ? बेलायतकी एलिसा पेरेगोले गत वर्ष कोरोना भाइरसको सुरुवाती संक्रमणबाट मुक्त भएपछि पनि लक्षण कायम रहने समस्यालाई लङ्स कोभिड अर्थात फोक्सोको कोरोनाको नाम प्रयोग गरेकी थिइन् । यो समस्या केही साता या केही महिनासम्म पनि रहन्छ । भलै तपाईंको शरीबाट कोरोना भाइरस मरिसकेको होस् । तर, यसका लक्षण तत्काल खतम हुँदैनन् । केही लक्षण त यस्ता पनि हुन्छन्, जो पुनः दोहोरिएर पनि देखिने गर्दछन् । अधिकांश बिरामीमा कोरोनाको आरटी–पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आउनुले शरीरमा कोरोना भाइरसको संक्रमण अन्त्य भएको मानिन्छन् । तर, क्लीनिकल लक्षण भने सकिँदैनन् । यस आधारमा फोक्सोको कोभिडलाई शरीरबाट भाइरस अन्त्य भए पनि लक्षण अन्त्य नहुने समय बताइन्छ । यसका दुई स्टेज पहिलो स्टेजः पोस्ट एक्यूट कोभिड–लक्षण तीनदेखि १२ सातासम्म रहिरन्छ ।दोस्रो स्टेजः क्रोनिक कोभिड–१२ सातापछि पनि लक्षण देखिरहन्छन् । यसका लक्षण के हुन् ? इटलीको एक अस्पतालमा भर्ना भएका १४३ बिरामीमा अध्ययन गरिएको थियो । जसमा ८७ प्रतिशत बिरामीले कम भन्दा कम लक्षण बाँकी रहेको बताएका थिए । उनीहरुमा सबैभन्दा बढी थकानको लक्षण पाइएको थियो । अध्ययनमा अस्पताल भर्ना भएका बिरामीमा खोकी, छालामा धर्सा देखिनु, मुटुको चाल तिव्र, टाउको दुख्ने, डायरिया लगायतका लक्षण पाइएको थियो । कोरोना लक्षण अध्ययन एपमा शेयर गरिएको लक्षणलाई दुई समूहमा बाँड्न सकिन्छ । पहिलो समूहमा खोकी र श्वास लिन समस्या हुने र थकान तथा टाउको दुख्ने समस्यालाई राखिएको छ । दोस्रो समूहमा शरीरका अन्य क्षेत्रलाई प्रभावित पार्ने लक्षणहरु राखिएको छ । जस्तै, मुटु, पेट र दिमागमा देखिने समस्या । के फोक्सोको कोभिड गम्भीर लक्षण भएकाहरूमा मात्रै देखिन्छ ? यो हल्का, सामान्य र गम्भीर प्रकारका लक्षण देखिएका सबै व्यक्तिलाई हुन सक्छ । हालसम्म यो कस्ता लक्षण देखिएका संक्रमितलाई हुन्छ भन्नेबारे ‘स्पेसिफिक ट्रेन्ड’ भने देखिएको छैन । युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको एक रिपोर्टमा ३ हजार १७१ कोभिड संक्रमितको अध्ययन गरिएको थियो । जसलाई अस्पतालमा भर्ना गरिएको थिएन । उनीहरूमध्ये ६९ प्रतिशतलाई ६ महिनामा एक या पटक पटक डाक्टरको परामर्श लिन जानु परेको थियो । के फोक्सोको कोभिडले मानसिक रुपमा पनि प्रभाव पार्छ ? फोक्सोको कोभिडको कारण एन्जाइटी र डिप्रेसन पनि हुन सक्छ । कोरोना संक्रमणबाट निको भइसकेका व्यक्तिमा पनि ‘पोष्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर’(पिटिएसडी) देखिएको छ । लेन्सेट साएकाइट्रीमा प्रकाशित एक अध्ययनको अनुसार फोक्सोको कोभिडबाट आजित वयस्कमा मानसिक समस्या हुने सम्भावना उच्च देखिएको छ । यो समस्याको निदनका लागि के गर्न सकिन्छ ? कोरोना रोगबाट निको भएका व्यक्तिहरूलाई एक वर्षसम्म राम्रो हेरचाह गर्नुपने विज्ञहरू बताउँछन् । त्यसपछिमात्रै संक्रमणमुक्त भएका व्यक्तिहरू पूर्ण रुपमा स्वस्थ्य भइसकेका छन् भन्नेबारे ढुक्क भइने उनीहरूको मान्यता छ । कोरोना भाइरसले शरीरका धेरै अंगमा प्रभाव पार्ने भएको हुँदा फोक्सोको कोभिडसँग लडिरहेका व्यक्तिहरू ‘मल्टीडिसिप्लिनरी’ र ‘मल्टी केयर अप्रोच’ बाटै ठिक हुन सक्छन् । एजेन्सीको सहयोगमा