NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

बाँस्कोटाको प्रश्न – जंगल नटेक्नेले किन विरोधका पापड पेलिरहेका होलान?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले जंगल नटेक्नेहरुले विरोध मात्रै गरिरहेको बताएका छन् । उनले आगामी वर्ष २०७८/७९ को बजेटमा खानीजन्य ढुंगा, गिटी तथा बालुवाको सन्दर्भमा उल्लेख भएका विषयलाई लिएर आलोचना बढ्न थालेपछि त्यस्तो बताएका हुन् । ‘पुल, सडक, भवनआदि बन्नु पर्ने तर निर्माण सामग्री उत्पादन हुन नमिल्ने साथै पेट्रोलियम, फलाम, ओखती, मेसिनरी उत्पादन हुनेले त्यस्तै चीज बेचेर धनि भएका छन्’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, – ‘फरक यत्ति मात्र हो कि वातावरण बिग्रन दिनु भएन। जुन कुरा अर्थमन्त्रीले भनेकै छन् त किन विरोधमा पापड पेलिरहेका होलान? जंगल नटेक्नेका कुरा !’ आगामी वर्ष २०७८/७९ को बजेट मार्फतसरकारले ढुंगा गिट्टी बालुवा निकासीमा लगाइएको प्रतिबन्ध हटाएको छ । चुरे क्षेत्रको ढुंगा, गिट्टी, बालुवा निकासी आत्मघाती निर्णय भन्दै त्यसलाई बदर गर्नुपर्ने माग पनि बढीरहेका छन् ।