NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

सुदूरपश्चिम एमाले संसदीय दलका नेता शाहलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी स्थायी कमिटीको निर्णय विपरीत प्रदेश सरकारलाई दिएको समर्थन किन कायमै राखेको भनेर स्पष्टीकरण सोधेका हुन् । ओली पक्षका नेताहरु मात्र रहेको एमाले स्थायी कमिटीको १० जेठको बैठकले समर्थन फिर्ता लिने निर्णय गर्दै राजीनामा दिन मन्त्रीहरुलाई निर्देशन दिएको थियो । तर, माधवकुमार नेपाल समूहको बहुमत भएको संसदीय दलले समर्थन फिर्ता लिएन । बरु सरकारमा भएका तीन मन्त्रीले राजीनामा दिएर पाँच मन्त्री र चार राज्यमन्त्री बनेका छन् । शाहले यसअघि ओली पक्षका सांसदलाई पनि स्पष्टीकरण सोधेका थिए ।