NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कञ्चनपुरका थप ३ जना कोरोना संक्रमितको मृत्यु

कञ्चनपुर । पछिल्लो २४ घण्टामा कञ्चनपुरका थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। मृतक सबै भिमदत्त नगरपालिकाका रहेका छन् । भिमदत्त नगरपालिका– १० का ६२ वर्षीया महिला, भिमदत्त–२ का ५० वर्षीय पुरुष र भिमदत्त–३ का ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ। २ जनाको महाकाली अस्पताल र १ जनाको कैलालीमा रहेको नोभा अस्सपतालमा उपचारको क्रममा मृत्यु भएको हो ।