NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

जसपा सरकारमा सहभागी, राजेन्द्र महतो बने उप–प्रधानमन्त्री

काठमाडौं । अन्ततः जनता समाजवादी पार्टी केपी शर्मा ओलीको सरकारमा सत्ता साझेदार बनेको छ । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो ओली सरकारमा उपप्रधान तथा शहरी विकास मन्त्री बनेका छन् । शुक्रबार दिउँसो बालुवाटारमा भएको छलफलपछि जसपा सरकारमा सहभागी हुने टुंगो लागेको थियो । नेता महतोको आजै ६ बजे मन्त्री पदको शपथ हुने भएको छ । अरु मन्त्रीहरुबारे भने टुंगो लाग्दैछ । को–कोलाई सरकारमा पठाउने भन्नेबारे महन्थ ठाकुरले सल्लाह गरिरहेको जसपा स्रोतले बताएको छ ।