NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

अस्पतालमा बालबालिकाका लागि शय्या छुट्याउन निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमित बालबालिकाको उपचारका लागि अस्पतालमा शय्या छुट्याउन निर्देशन दिएको छ । कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउन सक्ने र त्यसमा बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै मन्त्रालयले सबै अस्पतालाई बालबालिकाको लागि २० प्रतिशत शय्या छुट्याउन निर्देशन दिएको हो। कोरोना संक्रमणको पहिलो र दोस्रो लहरमा प्रौढ तथा युवाहरु संक्रमित भएको तथा हालसम्म सबै तयारी समेत उनीहरु लक्षित नै भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबै अस्पताललाई अक्सिजनको व्यवस्थापन सहित २० प्रतिशत शय्या बालबालिकाका लागि तयारी अवस्थामा राख्न सरकारी, निजिलगाएत सबै स्वास्थय संस्थालाई निर्देशन दिएको हो।