NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

सेनाद्वारा मनसुन अगावै तीन दिने विपद प्रतिकार्य अभ्यास सञ्चालन

जनकपुरधाम । नेपाली सेनाको शेर गणले विपद् प्रतिकार्य अभ्यास संचालन गरेको छ । शेर गण चोहर्वाले जेठ १८–२० गतेसम्म तीन दिने मनसुनजन्य विपद् प्रतिकार्य वाढी तथा डुवानबाट हुने क्षतिलाई न्यूनिकरण गर्न अभ्यास गरेको हो । सिरहाको कर्जन्हा नगरपालिका २ बाबातालमा विपद् प्रतिकार्य अभ्यास सञ्चालन गरिएको शेर गण चोहर्वाका प्रमुख सेनानी (कर्नेल) जितेन्द्र गौलीले बताए । अभ्यासमा खोलाको विचमा अलपत्र परेका व्यक्तिहरुको उद्धार, डुवानमा परेको घरका परिवारहरुको उद्धार, डुवानमा परेका घरमा रहेको विरामीको उद्धार, डुवानमा परेर मृत्यु भएको शवको व्यवस्थापन र डुवानको समयमा सर्पले डसेका विरामीहरुको उपचार तथा तटबन्ध लगाउने सम्बन्धी अभ्यास गराईएको प्रमुख सेनानी गौलीले बताए । जिल्लामा बर्षेनी बर्षातको समयमा भु–भागमा पानी जम्ने र डुवान भएर ठूलो धनजनको क्षति हुँदै आएकोले नेपाली सेनाले प्रतिकार्य गर्ने गरी अभ्यास गरेको हो । उद्धार गर्नुपर्ने क्षेत्र कोरोना संक्रमित क्षेत्र समेत हुन सक्ने र उद्धार गर्नुपर्ने व्यक्तिहरु संक्रमित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै अभ्यासमा उद्धार टोलीले कोभिड स्वास्थ्य मापदण्डलाई ख्याल गरी अभ्यास गरेको छ । विश्वभरी महामारीको रुपमा फैलिएको कोभिड–१९ को दोस्रो लहरको उपचार तथा प्रतिकार्य संगसंगै बाढी तथा डुवानमा परेका व्यक्ति तथा समुदायहरुको उद्दार सम्बन्धमा अभ्यास केन्द्रित रहेको थियो । उक्त अभ्यासमा नम्बर २७ वाहिनी अड्डाका वाहिनीपति हेमराज केसी लगायतका सरोकार वाला निकायहरुको उपस्थिति रहेको थियो ।