NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

ग्याँस ११२० र चिनी ६३ रुपैयाँमा कहाँ-कहाँ किन्न पाइन्छ ?

काठमाडौं । कोरोना महामारीको संकटलाई लक्षित गर्दै सरकारले गत २१ जेठदेखि २० प्रतिशत मूल्य घटाएर ग्याँस सिलिण्डरसहितका खाद्य सामग्री वितरण गर्दै आएको छ । नेपाल साल्ट ट्रेडिङ कर्पोरेसनले २१ जेठदेखि २० प्रतिशत छुट मूल्यमा ग्याँस, चिनी, पिठो, तेल, नुनसहितका खाद्य सामग्री सर्वसाधारणलाई बिक्री वितरण गर्दै आएको हो । कर्पोरेसनका काठमाडौं उपत्यकाका बिक्री केन्द्र र उपत्यका बाहिर पनि बिक्री केन्द्रबाट यस्तो छुटमा सामान किन्न पाइनेछ । सामान किन्नका लगि नागरिकता वा परिचय खुल्ने परिचयपत्र बोकेर जानुपर्ने हुन्छ । परिवारको सदस्य संख्या र परिचयपत्रको प्रतिलिपी बुझाएपछि तोकिएका बिक्री केन्द्रबाट सहुलियतमा सामान पाइनेछ । छुट पश्चात ग्यास प्रतिसिलिण्डर ११२०, चिनी प्रतिकेजी ६३ रुपैयाँ २० पैसा, पिठो ४४ रुपैयाँ प्रतिकेजी, नुन १६ रुपैयाँ र भटमासको तेल १८८ रुपैयाँमा पाइन्छ । तर, कर्पोरेसनले काठमाडौं उपयत्यकामा मात्रै एसटिसी ग्याँस सिलिण्डर ११२० मा उपलब्ध गराउनेछ । काठमाडौं बाहिरका यो सुविधा पाउने छैनन् । चिनी, पिठो र नुन प्रति परिवारले २ केजीमात्र पाउनेछन् । यस्तो छुट निषेधाज्ञा अवविभर मात्रै पाइनेछ । देशका विभिन्न स्थानमा रहेका कर्पोरेसनका बिक्री कक्षबाट छुटमा यसरी सामान किन्न पाइनेछ । काठमाडौं उपत्ययमा कालिमाटी, जडिबुटी, सतुंगल, रामशाहपथ, ललितपुरको जावलाखेल, भक्तपुरसहितका स्थानमा रहका बिक्री कक्ष र सहुलियत पसलमा छुटको सामान किन्न सकिनेछ । उपत्यका बाहिर काभ्रेको बनेपासहित अन्य ठाउँमा कर्पोरेसनका कार्यालय र बिक्री कक्षबाट सहुलितयमा सामान किन्न पाइनेछ ।  आजबाट ग्याँस ११२० र चिनी ६३ रुपैयाँमा, यसरी किन्नुहोस्