NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

भारतमा भेटियो कोरोनाको अर्को भेरियन्ट, सात दिनमै बिरामीको तौल ह्वात्तै घटाउनसक्ने

काठमाडौं । दोस्रो लहरले आततायी मच्चिएको भारतमा पुनः अर्को नयाँ भेरियन्टको भाइरसको संक्रमण भेटिएको छ । अल्फा, बिटा, गामा र डेल्टापछि अर्को खतरनाक कोरोनाको नयाँ भेरियन्ट भेटिएको हो । यो भेरियन्टको संक्रमण भएका बिरामीको तौल सात दिनमै ह्वात्तै घट्नसक्ने देखिएको छ । सबैभन्दा पहिलो ब्राजिलमा भेटिएको भाइरसको एक मात्रै भेरियन्ट भारतमा आएको पुष्टि भएको थियो । अहिले भने वैज्ञानिकहरुले ब्राजिलबाट एक नभएर दुईवटा भेरिएन्ट भारत आएको स्पष्ट गरको छन् । उनीहरुका अनुसार यो दोस्रो बेरिएन्ट बी.१.१.२८.२ निकै खतरनाक र तेज छ । संक्रमित भएको सात दिनमा मात्रै यो भेरिएन्टको पहिचान हुन्छ । यसले तेज गतिमा शरीरको तौल कम गर्नसक्छ र डेल्टाजसरी नै यसले धेरै गम्भीर बनाउँछ र एन्टीबडी क्षमता पनि कम गर्नसक्छ । पुणेस्थित नेशनल इन्स्टिच्युट अफ भाइरोलोजी (एनआईवी) का डाक्टर प्रज्ञा यादवका अनुसार यो भेरियन्ट विदेशबाट आएका दुई व्यक्तिमा भेटिएको थियो । भारतमा अहिले यो भेरिएन्ट खासै नफैलिए पनि सतर्कता अपनाउनुपर्ने उनले बताएका छन् ।