NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

पाल्पामा जेठ मसान्तसम्म निषेधाज्ञा

पाल्पा । पाल्पामा जारी निषेधाज्ञा एकहप्ता थप गरिएको छ । यही जेठ २४ गते सम्म कायम गरिएको निषेधाज्ञालाई लम्ब्याइ जेठ मसान्तसम्म पुर्याइएको हो । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले बन्द रहेका वाणिज्य बैंकहरु बिहान ७ वजेदेखि १० सम्म खोल्ने निर्णय गरेको छ । अन्य वित्तीय संस्थाका सेवा भने पूर्ण रुपमा बन्द गरिने जनाइएको छ । कोभिड विरुद्धको खोप लगाउने स्थान पालिका भित्रका सबै वडामा व्यवस्थापन गर्ने र खोप लगाउने उमेर समूह ६०–६४ वर्ष भनिएकामा खोप कम उपलब्ध भएकाले ६२–६४ उमेरका लागि मात्र लगाइने निर्णय पनि गरिएको बताइएको छ ।