NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

एमालेलाई सहयोग गर्दा पार्टीबाटै कारवाहीमा परेका जनमोर्चाका सांसद थापालाई सर्वोच्चको राहत

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापालाई सांसदकै हैसियतमा काम गर्न आदेश दिएको छ । पार्टीको ह्वीप नमानेपछि थापा कारवाही गरेपछि उनी सर्वोच्च अदालत पुगेका थिए । तर, सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको एकल इजलासले उनलाई सांसदको हैसियतमा नियमित काम गर्न अन्तरिम आदेश गरेको हो । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आएको अविश्वासको प्रस्तावको पक्षमा नरही एमालेलाई सहयोग गरेका थिए । तर, बाग्लुङ १ (ख)बाट सांसद भएका उनलाई पार्टीले कारवाही गरे पनि अदालतले तत्काल सांसदकै हैसियतमा काम गर्न आदेश दिएको हो ।