NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

स्वास्थ्य मन्त्रालयले जोखिम भत्ता दिन विवरण माग्यो

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जोखिम भत्ता दिन स्वास्थ्यकर्मीको विवरण मागेको छ । कोरोना संक्रमण नियन्त्रण तथा उपचारमा संलग्न फ्रन्टालाइनर स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन मन्त्रालयले विवरण मागेको हो । मन्त्रायलयले आइतबार एक सूचना जारी गरि फ्रन्टलाइटर स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको हो । मन्त्रालयले सबै सरकारी आइसोलेसन सेन्टर, प्रयोगशाला र अस्पतालहरुलाई एक हप्ता भित्र विवरण बुझाउन अनुरोध गरेको छ ।