NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

जम्मा ६ सिट जितेको कांग्रेसले कर्णालीबाट सुरू गर्‍याे सत्ता यात्रा, को-काे हुन् कांग्रेसका दुई मन्त्री ?

सुर्खेत । कर्णालीका नवनियुक्त दुई मन्त्रीले सपथ लिएका छन् । नेपाली कांग्रेसबाट कर्णाली सरकारमा सहभागी दुई मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका हुन् । आइतबार सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर बिसी र जलस्रोत तथा उर्जा विकास मन्त्रीमा दिनबन्धु श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । उनीहरुलार्य प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले पद तथा गोपनियताको सपथ खुवाएका छन् । बिसी सुर्खेत र श्रेष्ठ जुम्लाका हुन् । नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाही अल्पमतमा परेको बेला एमालेकै केही सांसदले फ्लोरक्रस गरेका थिए । भने कांग्रेसले विश्वासको मत दिएको थियो । फ्लोरक्रस गरेर नेकपा एमालेका तीन सांसद तत्काल मन्त्री बनेका थिए । कांग्रेसले आफ्नो भागमा परेको एक मन्त्रालयमा मन्त्रीको नाम टुंग्याउन सकेको थिएन । अन्ततः एक मन्त्रालय फुटाएर आठ मन्त्रालय बनाएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले थप एक मन्त्रालय कांग्रेसलाई दिएका हुन् । मन्त्रीलाई सरकारमा पठाउनु अघि काँग्रेसको संसदीय दलले १३ बुँदे आचारसंहिता बनाएको थियो । यसरी गत प्रदेशसभाको निर्वाचनमा जम्मा सिट जितेको कांग्रेसले सबैभन्दा कमजोर भएको ठाउँबाट सत्तायात्रा सुरु गरेको छ । नेकपाका विवाद हुँदै एमाले र माओवादी ब्युतिनुका साथै एमालेमा विवाद उत्कर्ष भएपछि कांग्रेसले यो अवसर पाएको हो । प्रदेशसभामा कमजोर बने पनि कांग्रेसले कर्णालीमा सत्तामा जाने अवसर पाएको हो । गत चुनावमा प्रदेश र केन्द्र सबैतिर कमजोर नतिजा ल्याएको कांग्रेसले अन्ततः कमजोर बनेकै प्रदेशबाट सत्ता यात्रा सुरु गरेको हो ।चुनावपछि केन्द्र र सात प्रदेशमध्ये कांग्रेस साढे तीन वर्षसम्म सत्तामा गएको थिएन । तर साढे तीन वर्षमा कांग्रेसले सत्तायात्रा सुरु भएको छ ।कांग्रेसले केन्द्रमा पनि प्रधानमन्त्रीमा दावी गर्दै राष्ट्रपतिसमक्ष बहुमत सदस्यसहित दाबी विरोध गरेर पनि उनले आधार नपुगेको भन्दै देशलाई मध्यावधि निर्वाचनतिर धकेलिकी थिइन् । तर, संसद विघटनविरुद्धको मुद्दा यतिखेर सर्वोच्च अदालतमा विचाराधीन छ ।