NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

महतोको अभिव्यक्तिको समर्थनमा पूर्व मन्त्रीसहित ८१ जना (सूचीसहित)

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाललाई बहुलराष्ट्रिय राज्य निर्माण गर्नुपर्छ भनेर दिएको अभिव्यक्तिमा ८१ जनाले समर्थन जनाएका छन् । पूर्व मन्त्रीसँगै विभिन्न क्षेत्रमा आबद्ध ८१ जनाले आइतबार विज्ञप्ति नै जारी गरेर महतोको अभिव्यक्तिमा समर्थन जनाएका हुन् । साझा वंश, इतिहास, संस्कृती, भाषा र साझा क्षेत्र वा भूगोलमा बस्ने जनताको समूहलाई राष्ट्र भनिने जनाउँदै विज्ञप्तीमा पृथ्वी नारायण शाहले गोर्खा विस्तारको क्रममा सैन्य बलको प्रयोग गरि यहाँका बहुलराष्ट्रहरुमाथि जातीय संहारमार्फत एकल राष्ट्रिय राज्य बनाउने काम भएको बताइएको छ । यो कदम औपनिवेशिक भएको बताउँदै उनीहरूले २१ औं शताब्दीका नेपालका सार्वभौम जनताहरुले अस्विकार गर्ने पनि विज्ञप्तीमा बताएका छन् । ‘देशमा लोकतान्त्रिक गणतन्त्र स्थापित भइसकेको परिवेशमा पनि यहाँका बहुलराष्ट्रहरु माथि पहााडी हिन्दु उच्च जातिय औपनिवेशिकतामा आधारित राज्यसत्ता थोपर्ने कार्य कवदापी स्वीकार्य छैन,’ जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । उनीहरूले बहुलराष्ट्रिय राज्यको लागि राष्ट्रिय मुक्ति क्रान्तीमा होमिन पनि आह्वान गरेका छन् । जारी विज्ञप्तिमा मन्त्री महतोले उठाएको बहरलराष्ट्रिय राज्यको मागलाई अनर्गल रुपमा राज्य विखण्डनसँग जोडेर आरोप लगाएको जनाइएको छ । ‘हिजोको दिनमा गणतन्त्र र संघीयताले देश टुक्रिन्छ भन्नेहरुले नै आज बहुलराष्ट्रिय राज्यप्रति अफवाह फैलाइएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।