NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

एकता जोगाउन भन्दा झुक्याउन आह्वान गरिएको होः रामकुमारी झाँक्री

नेपालवाच । आइतबार साँझ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको एकताका लागि जारि गरेको वक्तव्यमाथि टिप्पणी गर्दै नेकपाकी नेतृ रामकुमारी झाँक्रीले एकतर्फी घोषणा गरेर एकता जोगाएन भन्दा भुक्याउन खोजिउको बताएकी छिन् । सामाजिक सञ्जालमा आइतबार साँझ लेख्दै उनले प्रधानमन्त्री ओलीको एकतर्फी घोषणा गरेर एकता गर्न भन्दा झुक्याउन, अलमल्याउन र मिडिया कन्जम्सनको लागि वक्तव्य जारी गरिएको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘सुरुमा यो वक्तव्य देखेर म पनि खुसी भएँ,’ उनले लेखेकी छिन्, ‘पढ्दै जाँदा लाग्यो पार्टीको एकता खास उदेश्यका लागि थियो र एकता भंग पनि खास उदेश्यको लागि योजनागत ढंगले गरिएको कुरा घाम जस्तै छ ।’ झाँक्रीले वक्तव्य एकताको लागि भएको भएमा एकता गर्नुपर्ने दुई पक्षबीचमा सहमति गरि वरिष्ठ नेता माधव कुमार नेपालसहितको संयुक्त वक्तव्यको रुपमा आउनुपर्ने बताएकी छिन् । सँगै प्रधानमन्त्रीले जारी गरेको वक्तव्यको बुदा न. ४ माथि समेत उनले आपत्ति जनाएकी छिन् । उनले उक्त बुदामाथि केन्द्रित हुँदै फिर्ता लिने पक्षसँग वक्तव्य जारी गर्न सहमति वा संवद समेत आवश्यक नभएको भन्दै प्रश्न उठाएकी छिन् । लोकतन्त्रको रक्षाका लागि संविधानलाई क्रियाशिल गराउन, संसदको पुनस्र्थापना गर्न आफू अदालतको ढोका ढकढक्याउन पुगेको बताउँदै उनले सुनिश्चितता बिना हस्ताक्षर फिर्ता नलिने बताएकी छिन् । उनले लेखेकी छिन्, ‘यो एक प्रकारले पार्टी एकता हुन नदिने डिजाइनका साथ आएको वक्तव्य हो । यसप्रति भ्रममा नपर्न अनुरोध गर्दछु ।’ सँगै पार्टीको स्थायी बैठक बसेर आफ्नो समूहले संस्थागत धारणा दिने उनले बताएकी छिन् ।