NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

ओलीको प्रस्ताव झुट र भ्रमको पुलिन्दा हो, भ्रमको पछि कोही नलागौं : खतिवडा

काठमाडौं । एमाले नेता जगन्नाथ खतिवडाले एमाले एकता गर्ने भन्दै प्रधानमन्त्री केपी ओलीले अघि सारेको प्रस्ताव झुटको पुलिन्दा भएको बताएका छन् । २०७५ जेठ २ गते अगाडिको अवस्थामा फर्काउनुपर्ने भन्नेमा २०४ जनाको केन्द्रीय कमिटीलाई मान्यता नदिई माओवादीसमेत समावेश गरेर बनाएको कमिटीलाई हालेर जेठ ३ गतेको को सन्दर्भ सुनियोजित रुपमा जोडेको आरोप लगाएका छन् । आफूहरुसँग सहमति नगरीकन एक पक्षीय रुपमा अदालतमा पुगेको हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त राखेको र संसद विघटनमा आत्माआलोचना नगरेको उनकाे मत छ । संगठनलाई पूरानै अवस्थामा पर्काउनेभन्दा पनि मूलभूत शब्द राखेर षडयन्त्र गर्ने ठाउँ राखेको उल्लेख गरेका छन् । आफ्नो गल्ती नस्वीकार्ने भन्दै उनले ओलीको प्रस्तावलाई झुटको पुलिन्दा भएको बतााएका छन् । ‘यस बिचमा विभिन्न कमरेडहरुले गल्ती गरेकोमा कार्बाही गरिने छैन भनेका छ्न, निष्कासन गरिएकाको कार्बाही खारेज गरेका होइनन। यो पनि कार्यकर्तालाई अलमल्याउने तर्क मात्र हो। आफूले गल्ती गरेको स्विकार गरेका छैनन। समग्रमा यो झुठ र भ्रम को पुलिन्दा हो। कोहि पनि भ्रममा नपर्नु होला। संसद बिघटनगरेकोमा माफी माग्नु माफी माग्नु पर्ने प्र म ले उल्टै मुद्दा बाट हस्ताक्षर फिर्ता लिने कुरा गरेर नैतिकता कै धज्जी उडाइदिएका छन । केपि ओलीको मनखुसीले निकालेको बक्तब्यमा हाम्रो सहभागिता छैन र यो असमान लिखत हामीलाई मान्य छैन। कोहि भ्रममा नपर्नु हुन अनुरोध गर्दछु।’ उनले भनेका छन् ।