NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

ओली रास्ट्रवादको लगौटी विखन्डनको पगरी बनिसकेछन् : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको साँचो विखण्डनकारीलाई बुझाएको आरोप लगाएका छन् । बुहल राष्ट्रमुक्ति स्रगाम भन्दै विखण्डनतिर हिँडेकालाई सरकारमा ल्याएर ओली विखण्डनको मतियार बनेको उनको आरोप छ । सोमबार सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै नेता पौडेलले ओली राष्ट्रवादको लगौटी विखण्डनको पगरी बनिसकेको बताएका हुन् । नेता पौडेलले सत्तालाई नभई व्यवास्थालाई महत्व दिउँ भन्नेले नै अहिले चुरे ध्वस्त पार्न लागेको बताएका छन् । उनले भनेका छन्, ‘सत्ता होइन व्यवस्थालाई महत्त्व दिउँ भन्दै थिएँ । सत्ताको पछि भौतारिँदै गर्दा हाम्रा रास्ट्रवादी केपी ओलिले सत्ता जोगाउन चुरे ध्वस्त गराएर मधेशनै गुमाउने डुवाउने, साल्ट ट्रेडिङ मासेर आयोडिन युक्त नुनको हाहाकार गराउने र बहुल रास्ट्र मुक्तिसँग्राम गर्न सत्ताको साँचो सुम्पेर रास्ट्र विखण्डनको मतियार बन्न पुग्नुले रास्ट्रवाद र सदाचारको लगौटी खुस्किसकेको थाहै पाएनछन् ।’