NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

बौद्धमा बोराभित्र मानिसकाे खुट्टा भेटियो

काठमाडौं । काठमाडौंको बौद्ध नयाँबस्तीमा बोराभित्र मानिसको खुट्टाको भाग भेटिएको छ । मंगलबार बिहान बोराभित्र खुट्टा र घुँडाको भाग फेला परेको हो । घटनास्थलको प्रकृति हेर्दा शवलाई कुनै ठाउँबाट जलाएर यहाँ ल्याएर फालेको अवस्था देखिएको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी अशोक सिहंले बताए । पूरै शरीर फेला नपरेकाले अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार अन्यत्र हत्या गरेर शव जलाइएको र शरीरको केही भाग मात्रै यहाँ ल्याएर फालिएको देखिन्छ । उक्त शवको केही भाग मात्र भेटिएकाले शवको पहिचान गर्न नसकिएको उनले बताए । घटनास्थलमा पुगेका फरेन्सिक चिकित्सकका अनुसार उक्त शव कम्तीमा ३ हप्ता भन्दा पुरानो देखिन्छ ।