NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

माओवादीका मुख्यमन्त्रीलाई नेपाल पक्षले विश्वासको मत दिएपछि रावलले भने विधि मिच्नेको लागि शिक्षा

काठमाडौं । कर्णालीपछि सुदुरपश्चिम प्रदेशमा पनि एमालेको माधव नेपाल पक्षले विश्वासको मत दिएपछि माओवादीबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्टको पद जोगिएको छ । माधव नेपाल पक्षका १७ सांसदले भोट हालेपछि भट्टले ३० मत पाउँदै मुख्यमन्त्रीमा निरन्रता पाएका हुन् । तर, एमालेको केपी ओली पक्षका ८ सांसदले विपक्षमा भोट हाले । भट्टले विश्वासको मत पाएपछि एमालेका नेता भीम रावलले बधाई दिंदै विधि, विधान र पद्धति मिच्नेले भट्टबाट नैतकताको शिक्षा लिनुपर्ने बताएका छन् । ‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ? नेता रावल र माधवकुमार नेपाल एउटै पक्षमा छन् । उनीहरुकै अगुवाइमा संघीय संसद्मा केपी शर्मा ओलीलाई विश्वासको मत लिनबाट रोकेका थिए । त्यसपछि कांग्रेस शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्दै संसद् विघटनविरुद्ध सर्वोच्चमा मुद्दा दायर गरेका छन् । ओलीले केन्द्रीय कमिटी बैठकबाट नेपाल, रावलसहित ११ जनालाई पार्टीबाट निष्काशन गरेका छन् । बीचमा पार्टी एकताका लागि गठन भएको कार्यदलका संयोजक पनि रावल नै थिए । आज सुदूरपश्चिम प्रदेशसभामा भएको विश्वासको मतदानमा नेकपा एमाले माधव नेपाल समूहका अमरबहादुर साउद, अर्चना गहतराज, कुलवीर चौधरी, कृष्णराज, सुवेदी, चुनकुमारी चौधरी, तारा लामा तामाङ्ग, दीर्घ सोडारी, दुर्गाकुमारी कामी, पूर्णा जोशी, प्रकाशबहादुर शाह, प्रकाश रावल, बलबहादुर सोडारी, मनाकुमारी साउद, माया भट्ट, लालबहादुर खड्का, सुशीला बुढाथोकी र हर्कबहादुर कुँवरले मुख्यमन्त्री भट्टको पक्षमा मतदान गरेका थिए । सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई! विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि?— Dr. Bhim Rawal (@BhimRawal179) June 8, 2021