NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

प्रदेश २ : प्रदेश सभा बैठक १ घण्टाकाे लागि स्थगित

जनकपुरधाम । प्रदेश २ को प्रदेशसभा बैठक अवरुद्ध भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेले बैठक अवरुद्ध गरेको हो । बैठक सुरु हुनासाथ तीनै दलका सांसदहरु उठेर विरोध जनाएका थिए । सरकारले पठाएको सशर्त अनुदानको रकम परामर्श नगरी पठाएकोमा तीनै दलले आपत्ति जनाएका छन् । चालू आर्थिक वर्ष २०७७÷०७८ को सशर्त अनुदानको रकम प्रदेशसभा सदस्यको सिफारिसमा खर्च हुनेगरी पठाउने मुख्यमन्त्री लालबाबु राउतले प्रतिवद्धता जनाए पनि त्यस विपरीत गरेकोले सदनमा अवरोध गरिएको नेकपा एमालेका संसदीय दलका नेता शत्रुधन महतोले बताए । यता सभामुख सरोज यादवले सरकारको ध्यानाकर्षण भएको र बैठक चल्न दिन आग्रह गरेका थिए । तर प्रतिपक्षी दलका सांसदहरु मुख्यमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान लिएपछि सभामुख यादवले एक घण्टाका लागि बैठक स्थगित गरका छन् । हिजोदेखि सुरु भएको बैठकमा विनियोजन विधेयक २०७८ उपर छलफलको कार्यक्रम रहेको छ ।