NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

नेपाल समूहलाई माओवादीमा विलय हुन र कांग्रेस प्रवेश गर्न कसैले अवराेध नगराैं : गोकुल बास्कोटा

काठमाडौं । कर्णालीपछि सुदुरपश्चिम प्रदेशमा पनि एमालेको माधव नेपाल समूहले माओवादीका मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि नेता गोकुल बास्कोटाले आपत्ति जनाएका छन् । विधि, पद्धतिको कुरा गर्ने माधव नेपाल समूहलाई उनले खरानी समूह भन्दै एकताको ठोस आधार तय गरेको भन्दै शुभकामना पनि दिएका छन् । ‘विधि,पद्दती,अनुशासन,संघीयता,पार्टी एकता,समाजवाद,लोकतन्त्र के के हो के के जोगाउने एमालेको खरानी समूहले आज पनि पार्टी एकताको ठोस आधार निर्माण गरेकोमा हार्दिक बधाई।माकेमा विलय हुने र काँङ्ग्रेस प्रवेश गर्ने उहाँहरुको छलाङकारी यात्रामा आज उपरान्त कसैले अवरोध नगरोस,अग्रिम शुभकामना !!’