NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

कोरोना अपडेट : ५१५३ संक्रमित थपिए, १०८ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा पाँच हजार एकसय ५३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६५ पीसीआर र ५६११ जनाको एन्टीजेन परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार सोही अवधिमा ६ हजार ५ सय ७० जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । हाल ८२ हजार ७३६ जना संक्रमित आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना भाइरसको संक्रमणबाट १०८ जनाको मृत्यु भएको छ । संक्रमितको मृत्युदर घटेर ६८ सम्म पुगेपछि एक सातायता क्रमशः बढ्दै गएको छ । अहिलेसम्म नेपालमा ६ लाख ११ हजार ३०८ जनालाई संक्रमण पुष्टि भएको छ भने यस्तै ८ हजार ९८ संक्रमितको मृत्यु भएको छ ।