NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

अब वैदेशिक लगानी भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुनपर्ने

काठमाडौं । अब वैदेशिक लगानी भित्र्याउनका लागि नेपाल राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने भएको छ । राष्ट्र बैंकले विनियमावली जारी गर्दै अब नेपालमा लगानी भित्र्याउनका लागि पूर्व स्वीकृति लिनु नपर्ने उल्लेख गरेको छ । गत माघमै राष्ट्र बैंकले यो प्रस्ताव गरेको थियो । माघमा विनियमावली तयार पारे पनि स्वीकृत भने गरिएको थिएन । माघमा तयार पारेको विनियमावलीलाई राष्ट्र बैंकले मंगलबार स्वीकृत गरेको हो । योसँगै अब विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरे पश्चात सोबापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिन अनिवार्य हुनेछैन । तर, विदेशी लगानी स्वीकृत भए पश्चात विदेशी मुद्रा भित्र्याउनु वा पठाउनु पूर्व लिखित जानकारी भने दिनु पर्नेछ । निनियमावलीमा उल्लेख भए अनुसार नेपाल भित्रिएकोविदेशी लगानी बापतकोरकम बैंक तथा वित्तीय संस्थाले अनुसूची–३ बमोजिमका कागजातहरूको यकिन गरी सम्बन्धित कम्पनी वा उद्योगको खातामा जम्मा गर्नेछ । उता शेयर स्वामित्व परिवर्तन भई गरिने विदेशी लगानी बापतको विदेशी मुद्रा नेपाल पठाउन वा भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृति लिनुपर्ने राष्ट्र बैंकले बताएको छ । सोका लागि विदेशी लगानी हुने उद्योग÷कम्पनी वा विदेशी लगानीकर्ताले अनुसूची–४ मा उल्लिखित कागजातसाथ एकाईमा निवदेन पेश गर्नुपर्नेछ । यसरी राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको विदेशी लगानी बापतको विदेशी मुद्रा बैंक तथा वित्तीय संस्थाले यकिन गरी सम्बन्धित उद्योगरकम्पनीको खातामा जम्मा गर्नु पर्ने विनियमावलीमा उल्लेख छ । यस्ताे छ विनियमावली