NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

डाँका मुद्दाका फरार एक जना ३८ वर्ष पछि पक्राउ

कञ्चनपुर । डाँका मुद्दाका फरार प्रतिवादी बेलौरी नगरपालिका २ का ५५ वर्षीय चन्द्रकान्त भनिने लालबहादुर लुहारलाई प्रहरीले ३८ वर्ष पछि मंगलबार पक्राउ गरेको छ । घरमै लुकिछिपी बसेको अवस्थामा प्रहरीले लुहारलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीका अनुसार लुहारले विसं २०४० सालमा लारी डिष्टीलरी बेलौरीबाट अन्त शुःल्क वाफतको सरकारी रकम लक्ष्मीपुर पुर्नवास स्थीत राष्ट्रिय बाणिज्य बैंकमा जम्मा गर्न जाने क्रममा बन्दुक लगायतको हातहतियार देखाई लुटपाट गरेका थिए । कञ्चनपुर जिल्ला अदालतको विसं २०४२ सालको फैसला अनुसार लुहारलाई ३ वर्ष १ महिना १५ दिन कैद सजाय तोकिएको थियो । वारदात देखि लुहार फरार रहदै आएका थिए । पक्राउ परेका लुहारलाई कञ्चनपुर जिल्ला अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।