NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी, गृहमा महेश बस्नेत

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले थप नयाँ ७ मन्त्री नियुक्त गरेरमन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य गरेका छन् । आगामी शुक्रबारसम्म नयाँ मन्त्रीहरु नियुत्त गर्न प्रधानमन्त्री ओलीले गृहकार्य गरेको बालुवाटार स्रोतले जनाएको हो । अहिले प्रधानमन्त्री ओलीले गृह, रक्षा, सञ्चा तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपंक्षी विकास र वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । ती मन्त्रालयमा नयाँ मन्त्री नियुत्त गर्न प्रधानमन्त्रीले तयारी थालेका हुन् । बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले गृह मन्त्रीमा महेश बस्नेतलाई नियुत्त गर्दैछन् । बस्नेत प्रधानमन्त्रीका सबैभन्दा नजिकका विस्वास पात्र हुन् । नयाँ सत्तासमिकरणका लागि बस्नेत प्रधानमन्त्रीको बिशेष सुचकका रुपमा देखिने गरी संलग्न भएका थिए । जसपाको महन्थ ठाकुर पक्षका सांसदहरुलाई होटल व्यवस्थापन गर्नेदेखि नेपाल पक्षका सांसदहरुलाई बालुवाटारमा लगेर प्रधानमन्त्रीलाई भेटाउने जस्ता काममा बस्नेत खटिएका थिए । बस्नेत यसअघि २०७१ सालमा उद्योग मन्त्री भएका थिए । स्रोतका अनुसार प्रधानमन्त्री ओली खगराज अधिकारीलाई रक्षा मन्त्रालयको जिम्मेवारी दिने तयारीमा छन् । अधिकारीले पनि गृह मन्त्रालयको दावी गर्दै आएका छन् । अधिकारी यसअघि २०७१ सालमा स्वास्थ्य मन्त्री थिए । यस्तै विशाल भट्टराईलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिने तयारी छ । भट्टराई एमालेका प्रमुख सचेतक थिए । प्रधानमन्त्री ओली निकट रहेका भट्टराई प्रधानमन्त्रीका विस्वासपात्र पनि हुन् । सरकार पुनगर्ठन गर्दा प्रधानमन्त्री ओलीले पूर्व माओवादी समूहभित्रबाट बढीमा तीन जनालाई मन्त्री बनाउने तयारी गरेका छन् । पूर्व माओवादी समूहका नेताहरुले पनि गृह सहितका मन्त्रालयहरु आफूहरुले पाउनु पर्ने अडान राख्दै आएका छन् । तर प्रधानमन्त्रीले बढीमा तीन जनासम्मलाई मन्त्री बनाएर लैजाने जवाफ दिइसकेका छन् ।