NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

राष्ट्रियसभा सदस्य पाण्डेले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा आयोजित समारोहमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले पाण्डेलाई शपथ दिलाएका हुन् । त्यस अवसरमा अध्यक्ष तिमिल्सिनाले पाण्डेलाई बधाई दिँदै राष्ट्रियसभा सदस्यको पहिचान खुल्ने प्रतीकचिह्न प्रदान गरेका थिए । लुम्बिनी प्रदेशमा यही जेठ १७ गते सम्पन्न अन्य समूहतर्फको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट उनि निर्वाचित भएका हुन् ।