NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

अभियोग लागेका मन्त्रीलाई संसद्मा प्रवेश नदिने सहमति भएपछि प्रदेशसभा बैठक सुरु

काठमाडौं । बजेट अधिवेशन सुरु भएको तीन दिनसम्म अवरुद्ध भएको कर्णाली प्रदेशसभा बैठक बिहीबारदेखि नियमित सुरु भएको छ । नेकपा एमालेले कीर्ते मुद्दामा अभियोग लागेका भौतिक पूर्वाधार एवं शहरी विकास मन्त्री अम्बरबहादुर थापाको बर्खास्तीको माग राख्दै संसद् बैठक अवरुद्ध पार्दै आएको थियो । सत्तापक्ष र प्रतिपक्षबीच मन्त्री थापालाई संसद् बैठकमा प्रवेश गर्न नदिने सहमति भएपछि मात्रै बिहीबारको प्रदेशसभा बैठक सुरु भएको हो । सभामुख राजबहादुर शाहीको अध्यक्षतामा आज बसेको सर्वदलीय बैठकले दुई बुँदे निर्णयसमेत गरेका छन् । सरकार पक्ष, र दलहरुबीच मन्त्री थापामाथिको मुद्दा न्यायालयमा विचाराधीन रहेको र यही जेठ ३० मा पेसीसमेत तोकिएको अवस्थामा सो अवधिसम्म मन्त्री थापालाई प्रदेशसभामा उपस्थिति नगराउने र बैठक नियमित गर्ने सहमति भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।