NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

नयाँ मन्त्रीहरुलाई गोकुल बास्कोटाले शुभकामना दिंदै के भने ?

काठमाडौं । एमाले नेता गोकुल बास्कोटाले चुनौतीयुक्त समयमा पाएको दायित्व सामना गर्न नयाँ मन्त्रीज्यूहरुलाई शुभकामना दिएका छन् । अनेक चुनौतीको बेला भएको भन्दै बास्कोटाले प्रभावकारी रुपमा दायित्वको सामना गर्न सफलताको शुभकामना दिएका हुन् । ‘अघिल्लो साता र आज मन्त्री नियुक्त हुनु हुने माननीय मन्त्रीज्यूहरुलाई हार्दिक बधाई ।अनेक प्रकारले चुनौतीयुक्त समयमा प्राप्त यो दायित्व सम्पुर्ण रुपमा सामना गर्न सफलता मिलोस सीमाहीन शुभकामना !!!’