NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

बाँकेमा ८ हजारले लगाए ‘भेरोसिल’ खोप

बाँके । कोभिड–१९ विरुद्धको चिनियाँ खोप ‘भेरोसिल’ लगाउनेक्रम यहाँ जारी छ । जिल्लाका ८ पालिकाका ६२ देखि ६४ उमेर समूहका करिव ७ हजार ९२९ जना मध्ये बुधबारसम्म पाँचहजार ८५९ जनाले खोप सेवा लिइसकेका छन् । कोभिड– १९ सङ्कट व्यवस्थापन केन्द्रका कोरोना स्रोत व्यक्ति तेज ओलीले कोरोना विरुद्धको खोप अभियान जारी रहेको बताए । उनले आफूलाई पायक पर्ने खोपकेन्द्रमा पुगी खोप लगाउन नागरिकलाई आग्रह पनि गरेका छन् । पछिल्लो समय निषेधाज्ञा तथा कोरोना परीक्षण तीब्र गरिएकाले सङ्क्रमितको सङ्ख्या जिल्लामा कम हुँदै गएको छ । साथै जिल्लाका अस्पतालमा सङ्क्रमितका लागि छुट्याइका श्यया समेत खाली हुन थालेका छन् । नेपालगन्ज उपमहानगरपालिकामा लक्ष्यको ९९ प्रतिशतले नागरिकले खोप लगाएका छन् । उक्त उपमहानगरपालिकामा दुईहजार ३७ जना लक्षित नागरिक रहेकामा दुईहजार ३५ जनाले खोप लिइसकेको छन् । यसैगरी कोहलपुर नगरपालिकामा एक हजार ३२५ जनामध्ये एक हजार ४६, खजुरा गाउँपालिकामा आठ सय ७० जना मध्ये ७०९, राप्तीसोनारी गाउँपालिकामा ९ सय ५० जनामध्ये २४३, डुडुवा गाउँपालिकामा ५ सय ६ जना मध्ये ३२९, नरैनापुर गाउँपालिकामा ५ सय ५८ जनामध्ये ४५, जानकी गाउँपलिकामा ६ सय ५८ जनामध्ये ५ सय ४२ र बैजनाथ गाउँपालिकामा ९ सय ३५ मध्ये ८ सय ५३ जनाले खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ती पालिकाका ८७ खोपकेन्द्र मार्फत् सेवा प्रदान गरिएको छ । डुडुवा गाउँपालिकाले मंगलबार नै खोप लगाउन सम्पन्न गरेको जनाएको छ ।