NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २६ गते

कोरोना अपडेट : ३ हजार ७४९ संक्रमित थपिए, ५९ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार ७४९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त संख्यामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार सोही अवधिमा ५ हजार २९३ जना जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा कोरोना भाइरसको संक्रमणबाट ५९ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या ८ हजार २३८ पुगेको छ ।