NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

अन्ततः गण्डकीमा ढल्यो एमाले सरकार, विपक्षीलाई सरकार गठनकाे बाटाे खुल्याे

काठमाडौं । दलहरुभित्रको लामो अन्तरसंघर्षपछि अन्ततः नेकपा एमालेको नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकार ढलेको छ । बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत मागेका थिए । तर, उनले विश्वासको मत पाउन सकेनन् । प्रदेशसभामा जम्मा उपस्थित ५८ जनामध्य ५७ जनाकाे मत खसेकाे छ । जसमा मुख्यमन्त्री गुरूङले २७ मत पाएका छन् । हुन्छ भन्ने पक्षमा बहुमत नपुगेकाले मुख्यमन्त्री गरूङले राखेकाे विश्वासकाे प्रस्ताव अस्विकृत गरिएकाे छ । यस्तै विपक्षमा ३० मत परेकाे छ ।नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका छन् । यसअघि यस अघि १५ वैशाखमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा भोटिङ हुने हुने तयारी थियो । तर जनमोर्चाका एक सांसद र स्वतन्त्रका मनाङे अनुपस्थित हुन पुगे । आफ्ना सांसद गायव पारिएको निवेदन जनमोर्चाले दिएपछि सभामुखले बैठक नै स्थगित गरिदिएका थिए । त्यसको भोलिपल्ट नै मनाङे युवा तथा खेलकुद मन्त्री बनाइएका थिए । फेरि २७ वैशाखमा अविश्वासको प्रस्तावमा मतदान हुने कार्यसूची भए पनि मुख्यमन्त्री गुरुङले २६ वैशाखमा राजीनामा दिएका दिए ।त्यसपछि प्रदेश प्रमुखले दिएको समयसीमामा विपक्षलेसमेत बहुमत जुटाउन नसकेपछि ठूलो दलका रुपमा एमालेको पृथ्वीसुब्बा गुरुङले नै सरकार गठन गरेका थिए । एक महिनाभित्र विश्वासको मत लिने प्रावधान अनुरुप उनले आज विश्वासको मत लिन लागेका हुन् । उनले पनि विश्वासको मत लिन नसक्ने र विपक्षीले पनि बहुमत पुर्याउन नसक्ने अवस्था आएकाले अब गण्डकी प्रदेशमा संसद् विघटन भएर मध्यावधि निर्वाचनको मिति घोषणा हुन्थ्याे । तर, विपक्षीले एकपटक सरकार गठनमा बहुमत पुर्याउने अवसर पाउनेछन् । स्वतन्त्र सांसद दीपक मनाङेले विपक्षी गठबन्धनलाई मत दिने घोषणा गरेका छन् । विपक्षी गठबन्धनले यस अघि नै मुख्यमन्त्रीका लागि कृष्णचन्द्र नेपालीलाई अघि सारेका थिए । अब उनीहरूलाई बहुमत जुटाउने अवसर मिलेकाे छ । याे पनि पढ्नुस् गण्डकीमा एमालेको प्रदेश सरकार ढल्यो, अब के हुन्छ ?