NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

म्यानमारमा सूचीविरुद्ध हालसम्मकै गम्भीर मुद्दा दायर, पुष्टि भएमा १५ वर्ष जेल

म्यानमारको सैन्य सरकारले नेतृ आङसाङ सूचीलाई हालसम्मकै सबैभन्दा ठूलो मुद्दा लगाइएको छ । उनीमाथि सैन्य सरकारले भ्रष्टाचारको मुद्दा लगाएको हो, जुन सूचीमाथि अहिलेसम्म लागेको मुद्दाहरुभन्दा गम्भिर रहेको छ । सूचीमाथि नगद र सुनमा घुस लिएको आरोप लगाएको छ । उनीमाथि लागेको आरोप पुष्टि भएमा १५ वर्षसम जेल सजाय हुने व्यवस्था म्यानमारमा रहेको छ । म्यानमारमा सैन्य शासन लागू भएपछि सूचीमाथि अन्य ६ किसिमका आरोपहरु पनि लागेका छन् । यीमुद्धाहरुमा उनले अवैध रुपमा वाकिटकी राखेको तथा सार्वजनिक अशान्ती फैलाएको आरोपहरु छन् । सूचीलाई गत फेब्रुअरी १ मा सत्तालाई सेनाले कब्जा गरेर कू गरेपछि नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिए यता उनलाई केही पटक मात्रै सार्वजनिक रुपमा देखिएको छ । नियन्त्रणमा लिएयता उनी केही पटक अदालतमा उपस्थित हुँदा मात्रै देखिएकी छिन् । सेनाले सार्वजनिक गरेको विज्ञप्तीमा उनले ६ लाख अमेरिकी डलर बराबरको घुस लिएको र सातवटा सुन लिएको आरोप लगाइएको छ ।