NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

कर्पोरेट क्षेत्रलाई लक्ष्य गरेर कृषि विकास बैंकको कर्जा, के–के गर्न पाइन्छ ?

काठमाडौं । कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संस्थागत कर्जा उपलब्ध गराउने मुख्य उद्देश्यसहित स्थापना भएको कृषि विकास बैंकले आफ्ना सेवाहरूलाई समयसापेक्ष बनाउँदै लगेको छ । यही क्रममा बैंकले कर्पोरेट क्षेत्रमा पनि कर्जा प्रदान गरिरहेको छ ।

कर्पोरेटअन्तर्गत प्रदान हुने कर्जाहरू

बिजनेस कर्जा

सम्बन्धित निकायमा दर्ता भई नियमित नवीकरण भएका व्यापार व्यवसाय गर्न इजाजतपत्र लिएका व्यक्तिगत फर्म/साझेदारी फर्म/कम्पनीले यो कर्जाका लागि कृषि विकास बैंकमा निवेदन दिन सक्छन् ।

स्टक/मौज्दात, लिनुपर्ने हिसाब (आसमी खाता), तिनुपर्ने हिसाब (साहु खाता) को आधारमा परियोजनाको सम्भाव्यताको विश्लेषण गरी आवश्यक पर्ने चालु पुँजीको अधिकतम ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुने बैकले जनाएको छ ।

होलसेल कर्जा

कृषि विकास बैंकको कार्यालय भएको स्थानमा स्थायी बसोबास भएका नेपाली नागरिक, बैंक वित्तीय संघ संस्थाका समूह वा निजी लगानीकर्ता होलसेल कर्जाका लागि योग्य हुनेछन् ।

यसअन्तर्गत व्यक्तिले ८ लाख रूपैयाँसम्मको अधिकतम ५ वर्षअवधिको कर्जा पाउनेछन् । त्यस्तै, विकास बैंकले ५ करोड रूपैयाँसम्म, वित्तीय संस्थाले एक करोड रूपैयाँसम्म, संघसंस्था तथा समूहले ५० लाख रूपैयाँ र निजी लगानीकर्ताले २५ लाख रूपैयाँसम्म कर्जा लिन सक्ने बैंकले जनाएको छ । तर यो कर्जाको अवधि भने छोटो छ ।

उद्योग कर्जा

सम्बन्धित निकायमा दर्ता भई नियमित नवीकरण भएका व्यक्तिगत फर्म/साझेदारी फर्म/कम्पनीले यो कर्जाका लागि कृषि विकास बैंकमा निवेदन दिन सक्छन् ।

चालु पुँजीः ग्राहकको व्यवसायको कर्जा योजना तथा प्रक्षेपित वित्तीय विवरणअनुसार परियोजना सञ्चालनको लागि आवश्यक पर्ने चालुँपुँजी रकमको अधिकतम ८० प्रतिशतसम्म कर्जा पाउनेछन् ।

स्थिर पुँजी : ग्राहकको व्यवसायको कर्जा योजना तथा प्रक्षेपित वित्तीय विवरणअनुसार परियोजनाको स्थापना/विकास/विस्तारको लागि आवश्यक पर्ने स्थिर पुँजी रकमको अधिकतम ७० प्रतिशतसम्म कर्जा पाउनेछन् ।

कर्जाको अवधि चालु पुँजीको हकमा अधिकतम एक वर्ष र स्थिर पुँजीको हकमा अधिकतम १० वर्षसम्म रहने बैंकले जनाएको छ ।

सेवा कर्जा

सम्बन्धित निकायमा दर्ता भई नियमित नवीकरण भएका व्यक्तिगत फर्म/साझेदारी फर्म/कम्पनीेले सेवा कर्जा लिन सक्छन् ।

चालु पुँजीः ग्राहकको व्यवसायको कार्ययोजना तथा प्रक्षेपित वित्तीय विवरणअनुसार परियोजना सञ्चालनको लागि आवश्यक पर्ने चालु पुँजी रकमको अधिकतम ८० प्रतिशतसम्म कर्जा पाउने छन् ।

स्थिर पुँजी : ग्राहकको व्यवसायको कार्ययोजना प्रक्षेपित वित्तीय विवरणअनुसार परियोजनाको स्थापना/विकास/विस्तारको लागि आवश्यक पर्ने स्थिर पुँजी रकमको अधिकतम ७० प्रतिशतसम्म कर्जा प्रदान गरिने बैंकले जनाएको छ ।

कर्जाको अवधि चालु पुँजीको हकमा अधिकतम १ वर्ष र स्थिर पुँजीको हकमा अधिकतम १० वर्षसम्म कायम रहने छ ।

ओभरड्राफ्ट कर्जा व्यक्तिको हकमा बैंकको शाखाक्षेत्रभित्र स्थायी बसोबास भएको नेपाली नागरिक र संस्थाको हकमा सम्बन्धित निकायमा दर्ता भएका तथा इजाजतपत्र लिएका व्यक्तिगत फर्म/साझेदारी फर्म/कम्पनीले यो कर्जा लिन सक्छन् ।

व्यक्तिगत ग्राहकले यस कर्जाअन्र्तगत अधिकतम ७५ लाख रूपैयाँ र अधिकतम १ करोड रूपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

कृषि विकास बैंकबाट के-के गर्न पाउँछन् किसानले ऋण ?

जलविद्युत् र वैकल्पिक ऊर्जा कर्जा

व्यक्तिको हकमा बैंकको शाखा क्षेत्रभित्र स्थायी बसोबास भएको नेपाली नागरिक र संस्थाको हकमा सम्बन्धित निकायमा दर्ता भएका तथा इजाजतपत्र लिएका व्यक्तिगत फर्म/साझेदारी फर्म/कम्पनीले कर्जाको लागि आवेदन दिन सक्नेछन् ।

ग्राहकले चालु पँजीअन्र्तगत ग्राहकको व्यवसायको कार्ययोजना प्रक्षेपित वित्तीय विवरणअनुसार परियोजना सञ्चालनको लागि आवश्यक पर्ने चालु पँजी रकमको अधिकतम ८० प्रतिशतसम्म कर्जा पाउनेछन् । त्यस्तै, स्थिर पुँजीअन्र्तगत ग्राहकको व्यवसायको कार्ययोजना तथा प्रक्षेपित वित्तिय विवरणअनुसार परियोजनाको स्थापना/विकास/ विस्तारको लागि आवश्यक पर्ने स्थिर पुँजी रकमको ७० प्रतिशतसम्म कर्जा उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकका अुनसार कर्जाको अवधि चालु पुँजीको हकमा अधिकतम १ वर्ष र स्थिर पुँजीको  हकमा उद्याृेगको प्रकृतिअनुसार अधिकतम २० वर्षसम्म कायम रहने छ ।

सरल ठेक्कापट्टा कर्जा

सम्बन्धित निकायमा दर्ता भई नियमित दर्ता भएका र इजाजतपत्र लिएका फर्म÷साझेदारी फर्म÷कम्पनीले सरल ठेक्कापट्टा कर्जाका लागि कृषि विकास बैंकमा सम्पर्क गर्न सक्छन् ।

ग्राहकले अवधि बाँकी रहेका वैध ठेक्का सम्झौताहरूको कुल रकमको अधिकतम ५० प्रतिशतसम्म कर्जा पाउनेछन् । कर्जाको अवधि एक वर्षसम्म रहनेछ ।

हाइपोथेकेशन कर्जा 

सम्बन्धित निकायमा दर्ता भई नियमित दर्ता भएका र इजाजतपत्र लिएका फर्म/साझेदारी फर्म/कम्पनीले सरल ठेक्कापट्टा कर्जाका लागि कृषि विकास बैंकमा सम्पर्क गर्न सक्छन् ।

ग्राहकले स्टक रहेको मालसामानहरूको कुल मूल्यको अधिकतम ५० प्रतिशतसम्म ऋण पाउनेछन् । ऋणको अवधि एक वर्षसम्म हुने छ ।

बिजनेस कम्प्लेक्स एण्ड हाउजिङ कर्जा

बैंकको शाखा कार्यालय क्षेत्रभित्र बसोबास गर्ने नेपाली नागरिक र संस्थाको हकमा सम्बन्धित निकयमा दर्ता भई नियमित नवीकरण भएका कर्जा पाउन योग्य व्यक्तिगत फर्म/साझेदारी फर्म/कम्पनीले बिजनेस कम्प्लेक्स एण्ड हाउजिङ कर्जाका लागि बैंकमा सम्पर्क राख्न सक्नेछन् ।

बैंकले प्रदान गर्ने उक्त कर्जा लिँदा ग्राहककले निर्माण गर्न लागिएको भवन वा अपार्टमेन्टहरु निर्माण गर्न सम्बन्धित निकायबाट स्वीकृत आर्किटक्चरल/स्ट्रक्चल ड्रवाइङसहितको टोटल कष्ट इस्टिमेटको अधिकतम ६० प्रतिशतसम्म कर्जा पाउने छन्  । त्यस्तै खरिद हुने ठूला भवनहरूको हकमा राजीनामा उल्लिखित मूल्यको अधिकतम ६० प्रतिशतसम्म ऋण उपलब्ध हुने बैंकले जनाएको छ ।

उक्त कर्जाको अवधि अधिकतम १० वर्षसम्म तोकिएको छ ।

ट्रस्ट रिसिप्ट कर्जा

बैंकसँग प्रतिपत्र कारोबारको सीमा लिएका वा वस्तुहरु आयात गर्न सम्बन्धित निकायमा दर्ता भई नियमित नवीकरण भएका र इजाजतपत्र लिएका फर्म÷साझेदारी फर्म/कम्पनीले यो ऋणको लागि आवेदन दिन सक्नेछन् ।

यो कर्जा लिन चाहने ग्राहकले सम्बन्धित कार्यालयले स्वीकृत गर्नेसक्ने कर्जा सीमा वा प्रतिपत्र लिमिटेडको बढीमा ७० प्रतिशतसम्म कर्जा पाउनेछन् । कर्जाको अवधि १२० दिन वा नेपाल राष्ट्र बैंकले समयसमयमा तोकेअनुसार हुनेछ ।

एक्सपर्ट कर्जा

प्रतिपत्र र निर्यातको लागि अनुमति पाएका व्यक्ति, संस्था एक्सपर्ट कर्जाका लागि योग्य हुने बैंकले जनाएको छ । बैंकका अनुसार उक्त कर्जा लिन चाहने ग्राहकले डकुमेन्ट भ्यालुको अधिकतम ७० प्रतिशतसम्म कर्जा प्राप्त गर्नेछन् ।

कर्जाको अवधि पछिल्लो सिपमेन्टअनुसार १२० दिन नबढ्नेगरी वा राष्ट्र बैंकले तोकेअनुसार हुनेछ ।

यसबाहेक बैंले एड्भान्स अन क्रेडिट, क्रेडिट कार्ड फ्यासिलिटीमा पनि कर्जा प्रदान गर्दै आइरहेको छ ।