NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ५ गते

धर्नामा महावीर

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले शुक्रबार बिहानदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्ना थालेका छन् ।

खोज अनुसन्धान र आविष्कारमा सहयोग गर्न पुनले केही समयदेखि सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् । यही माग लिएर प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि पुनले भेटेका थिए । तर माग सम्बोधन नभएपछि दबाब बढाउन उनले शुक्रबारबाट धर्ना थालेका हुन् ।

पुनलाई साथ दिँदै धर्नामा बसेकाहरूले अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर, ‘स्टार्टअप उद्यमीहरूलाई प्रोत्साहन गर’, ‘नवउद्यमीहरूलाई हतोत्साहित नगर’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै पुनले आविष्कार, अनुसन्धान र नवप्रवर्तनलाई उच्च प्राथमिकतामा राख्नुपर्ने विषय आफूहरूको मूल माग रहेको बताए । माग पूरा नभएसम्म धर्ना जारी रहने जानकारी पनि उनले दिए ।

‘हामीहरूले पटक पटक आविष्कार, अनुसन्धान र नवप्रवर्तनको विषय सरकारसमक्ष राखेका छौं । यसलाई सुनुवाइ नभएपछि धर्नामा आएका हौं,’ उनले भने ।

ताजा अपडेट

नेपालवाच विशेष