NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ६ गते

काठमाडौंको रिसोर्टमा बन्धक बनाएर किशोरीमाथि सामुहिक बलात्कार

काठमाडौं । काठमाडौंमा १६ वर्षिय किशोरीलाई रिसोर्टमा लगेर सामूहिकब बलात्कार भएको छ । घटनामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले रोमन श्रेष्ठ, राजेश श्रेष्ठ, रोहन श्रेष्ठ र सुजन श्रेष्ठलाई पक्राउ गरी मुद्दा दायर गरेको छ ।

गत २१ मंसिरमा उनीहरुले चुनिखेलस्थित फरेष्ट भ्यू रिसोर्टमा लगेर बलात्कार गरेका हुन् । पीडित किशोरी सोह्रखुट्टेमा पठाओ खोजिरहेका बेला उनीहरुले ती किशोरीलाई घर पुर्याइदिने भन्दै गाडीमा राखेका थिए । त्यहाँबाट चुनिखेल लगेर बलात्कार गरेका हुन् ।

पक्राउ परेकामध्ये सुजन श्रेष्ठले बलात्कार गरेका हुन् । उनले प्रहरी बयानमा अभियोग स्वीकार गरेका छन् । रोमन श्रेष्ठले अष्ट्रेलिया बस्नेमा छुट्टी मनाउन नेपाल आएका थिए । उनीहरु चाबहिलको रेष्टुरेन्टमा बसी मदिरा पिएर ठमेलको एलओडी क्लब गएका थिए । त्यहाँबाट फर्किनेक्रममा किशोरीलाई गाडीमा राखी रिसोर्टमा लगेर बलात्कार गरेका हुन् । किशोरीलाई रिसोर्टभित्रै बन्धक बनाएका थिए । पीडितकी दिदीको उजुरीका आधारमा उनीहरु सोही दिन पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये राजेश श्रेष्ठ रिसोर्टका सञ्चालक हुन् । उनले बलात्कार घटना लुकाउन अभियुक्तलाई सहयोग गरेको प्रहरी दाबी छ ।

ताजा अपडेट

नेपालवाच विशेष