NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १९ गते

यो वर्ष प्रधानमन्त्री भइन्छ जस्तो लाग्दैनः ओली

काठमाडौं ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफु यो वर्ष प्रधानमन्त्री बन्ने सम्भावना कम रहेको बताएका छन् । सोमबार संसद भवनमा ‘प्रधानमन्त्रीको सपथ कहिले ?’ भनेर सोधेको प्रश्नमा ओलीले ‘यो वर्ष त्यस्तो लाग्दैन’ भन्ने जवाफ दिएका हुन् ।
कांग्रेसले ओलीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको र दुई ठूला पार्टीले सरकार बनाउन लागेको चर्चाबीच ओलीको यस्तो भनाई आएको हो । ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार लामो छलफल भएको थियो । सोमबार ओली र प्रधानमन्त्री प्रचण्डबीच पनि लामो छलफल भएको छ ।
उता ओलीको सचिवालयले मन्त्रीहरुलाई बालकोट बोलाएको समाचारको खण्डन गरेको छ । त्यसरी मन्त्रीहरुलाई नबोलाइएको सचिवालयले प्रष्ट पारेको छ।

ताजा अपडेट

नेपालवाच विशेष