सुप्रिम सहकारीको ठगीमा जिबी राईसँगै गाउँपालिका उपाध्यक्ष पनि फरार
काठमाडौं । बुटवलको सुप्रिम सहकारीको ठगी मुद्दामा नेकपा(एमाले)बाट निर्वाचित गाउँपालिका उपाध्यक्ष समेत प्रतिवादी बनेका छन् । सिन्धुलीको फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बराल सो प्रकरणमा फरार बनेका हुन् ।
जिबी राईसहित बरालविरुद्ध पनि प्रहरीले जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको छ । बराल सो सहकारीका पूर्व सञ्चालक हुन् । सञ्चालकका रुपमा उनले सहकारीको पैसा हिनामिना गरेको प्रहरी दाबी छ ।
प्रहरीले ओक प्रकाश गुरुङ, दिपेश पुन, दुर्गा चापागाई पाण्डे, कुमार रम्तेल, भविश्वर अर्याल, निता थापा मगर, दिपक न्यौपाने, रोशनी गुरुङ, सागर केसी, सुरेज श्रेष्ठ, भुपेन्द्र राई, देवेन्द्रबाबु राई लगायत २८ जनालाई प्रतिवादी बनाएको छ । सो सहकारीबाट एक अर्ब दुई करोड बचत हिनामिना भएको प्रहरी निष्कर्ष छ ।
यही सहकारीबाट गृहमन्त्री रवि लामिछानले समेत अवैध रुपमा ऋण लिएको भन्दै छानबिनको माग हुँदै आएको छ । लामिछानले भने आफ्नो नाममा प्रोक्सी कर्जा जिबी राईले निकालेको दाबी गर्दै आएका छन् ।
प्रतिक्रिया