काभ्रेमा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा

काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ मा शुक्रबारबाट शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । नागरिकलाई घरआँगनमा नै स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले नगर प्रमुख महेश खरेलले सो केन्द्रको उद्घाटन गरेका हुन् । आन्तरिक व्यवस्थापनमा ल्याइएको सेवा केन्द्र नगरपालिकाकै कर्मचारीलाई व्यवस्थापन गरेर सञ्चालन भएको नगरपालिकाले जनाएको छ । स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगर प्रमुख खरेलले प्रत्येक नागरिकको घरघरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शहरी स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको बताए । सो क्रममा उनले ६५ वर्षभन्दा माथिका उमेर समूहका आमाबुबालाई घरघरमा नै पुगेर मुस्कानसहित स्वास्थ्य जाँच गर्ने बताएका छन् । वडा नं ३ का वडाध्यक्ष सुन्दर अधिकारीले स्वास्थ्य सेवा सुलभ बनाउने उद्देश्यले नागरिकलाई स्वास्थ्यको पहुँच पु¥याउनका लागि वडाको विशेष पहलमा केन्द्र स्थापना भएको बताए । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डाक्टर नरेन्द्रकुमार झा र पाँचखाल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उज्ज्वल अधिकारीलगायतले केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवाको बारेमा चर्चा गरेका थिए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेट
-
रेबिज खोपमा बर्सेनि करोडौं बाहिरिँदै, १५ करोडको पूर्वाधार बेवारिस
-
आज तोलाको कति छ सुन ?
-
हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न ट्रम्प प्रशासनको रोक
-
मेटल ब्यान्डका पूर्व ड्रमर ड्यानियलको विमान दुर्घटनामा मृत्यु भएको आशंका
प्रतिक्रिया