संसद विघटनको चर्चित मुद्दाको फैसला ११ देखि १५ फागुनसम्ममा आउने नेम्वाङको घोषणा

काठमाडौं । नेकपाका नेता सुवास नेम्वाङले फागुन ११ देखि १५ गतेबीचको प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको फैसला गर्ने बताएका छन् । विराटनगरमा आयोजित नेकपाको सभामा नेम्वाङले यस्तो बताएका हुन् । उनले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको बाध्यता भएको उनको जिकिर थियो । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि देशभर निर्वाचनको पक्षमा माहोल रहेको भन्दै नेम्वाङले अदालतले पनि जनताको भावना अनुसार फैसला सुनाउने बताए । संवैधानिक इजलासमा शुक्रबारबाट मुद्दामा बहस सकिएको थियो । जनतामा जाने चुनावलाई प्रतिगमन भन्न नहुने नेम्वाङको भनाई थियो ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेट
-
रेबिज खोपमा बर्सेनि करोडौं बाहिरिँदै, १५ करोडको पूर्वाधार बेवारिस
-
आज तोलाको कति छ सुन ?
-
हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न ट्रम्प प्रशासनको रोक
-
मेटल ब्यान्डका पूर्व ड्रमर ड्यानियलको विमान दुर्घटनामा मृत्यु भएको आशंका
प्रतिक्रिया