प्रचण्ड समूहमा फर्किने चर्चाबारे मुख खोले रामबहादुर थापा ‘बादल’ले

काठमाडौं । केही दिनयता गृहमन्त्री एवं नेकपाका नेता रामबहादुर थापा बादल प्रचण्ड समूहमा फर्किने चर्चा भइरहेको विषयमा उनी आफैं बोलेका छन् । ओली समूहको विराटनगरमा भएको सभामा थापाले आफू प्रचड समूहमा फर्किनेभन्ने बारेमा चलाइएको हल्ला भ्रममात्रै भएको बताए । ‘बादल फर्किदैछ भन्ने भ्रम फैलाए’ बादलले भने, ‘यस्तो हल्ला फैलाउनको पछाडि उनीहरुमा आएको आतंक र भयको अभिव्यक्ति हो ।’ गोयबल्स शैलीमा आफ्नोबारेमा गलत प्रचार गरिएको उनको भनाई थियो । थापाले प्रधानमन्त्रीबाट चालिएको प्रतिनिधिसभा विघटनको कदम संवैधानिक भएको दाबी गरे । प्रधानमन्त्रीको कदमलाई उनले अग्रगामी भएको भन्दै फोहोरो खेल र अस्थिरताबाट जोगाउन निर्वाचनमा जानुपरेको बताए । अस्थिरतामा लान खोज्ने, विकास, सुशासनमा जान अस्थिरता खडा गर्न खोजेपछि निर्वाचनमा गएर स्थायित्व लान चुनाव घोषणा गरिएको उनले बताए ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेट
-
रेबिज खोपमा बर्सेनि करोडौं बाहिरिँदै, १५ करोडको पूर्वाधार बेवारिस
-
आज तोलाको कति छ सुन ?
-
हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न ट्रम्प प्रशासनको रोक
-
मेटल ब्यान्डका पूर्व ड्रमर ड्यानियलको विमान दुर्घटनामा मृत्यु भएको आशंका
प्रतिक्रिया