निर्मला पन्तका हत्यारा कानुनी पञ्जामा आइसकेको गृहमन्त्री थापाको दाबी

काठमाडौं । गृहमन्त्री एवं नेकपा नेता रामबहादुर थापा ‘बादल’ निर्मला पन्तका हत्यारा कानुनी पञ्जाको नजिक आइसकेको घोषणा गरेका छन् । विराटनगरमा आयोजित नेकपाको चुनावी सभामा बोल्दै थापाले बैतडीमा भागरथी भट्टका हत्यारालाई पक्राउ गरिएको उल्लेख गर्दै कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारा पनि कानुनी पञ्जाको नजिक आइसकेको दाबी गरेका हुन् । ‘निर्मला पन्तका हत्यारा कानुनको पन्जानजिक आइसकेको छ’ थापाले घोषणा गरे, ‘हामी अब छिट्टै कानुनी कठघरामा उभ्याउँछौं ।’ २०७५ साउन ११ मा कञ्चनपुरमा पन्तको बलात्कारपछि हत्या भएको थियो । तर, साढे दुई वर्ष बितिसक्दा पनि अझै दोषी पत्ता लाग्न सकेको छैन ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेट
-
रेबिज खोपमा बर्सेनि करोडौं बाहिरिँदै, १५ करोडको पूर्वाधार बेवारिस
-
आज तोलाको कति छ सुन ?
-
हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न ट्रम्प प्रशासनको रोक
-
मेटल ब्यान्डका पूर्व ड्रमर ड्यानियलको विमान दुर्घटनामा मृत्यु भएको आशंका
प्रतिक्रिया