सरकारसँग वार्ता गर्न विप्लव समूह सकारात्मक

काठमाडौं । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारसँग वार्ता र संवादका लागि पार्टी सकारात्मक रहेको जनाएको छ । शनिवार प्रतिबन्धित पार्टीका महासचिव विप्लवले एक वक्तव्य जारी गर्दै सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएका छन् । वक्तव्यमा भनिएको छ, ‘आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग संवाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउछौ ।’ केही समययता नेपाल सरकार र विप्लव समूहका नेताबीच अनौपचारिक रुपमा संवाद भइरहेको बताइन्छ । प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहसँग वार्ता गरि शान्तिपूर्ण राजनीतिमा ल्याउने बताउँदै आएका छन् ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री डा राणा र जाइकाका अध्यक्षबीच भेट
-
रेबिज खोपमा बर्सेनि करोडौं बाहिरिँदै, १५ करोडको पूर्वाधार बेवारिस
-
आज तोलाको कति छ सुन ?
-
हार्वर्डमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना गर्न ट्रम्प प्रशासनको रोक
-
मेटल ब्यान्डका पूर्व ड्रमर ड्यानियलको विमान दुर्घटनामा मृत्यु भएको आशंका
प्रतिक्रिया