तोलामा तीन सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३०० ले ओरालो लागेको छ । तोलामा नै रु एक हजार १०० ले मङ्गलबार उकालो लागेको सुन आज भने झिनो अङ्कका साथ ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ८९ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन मङ्गलबार तोलामा रु ९० हजार १०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन तोलामा रु ८९ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन मङ्गलबार तोलामा रु ८९ हजार ६५० मा कारोवार भएको थियो । यस्तै चाँदी आज तोलामा रु १५ ले घटेको छ ।रु एक हजार ३६० मा मङ्गलबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३४५ मूल्य निर्धारण भएको छ ।
ताजा अपडेट
-
नछुट्ने भए रवि, थुनामै राख्ने उच्चको आदेश सर्वोच्चद्वारा सदर
-
सुनुवाइ सकिएको साढे ५ घण्टासम्म किन आएन रविको आदेश ?
-
यसपटक डेंगु सङ्क्रमणको जोखिम बढ्ने
-
अर्थतन्त्र सुधारको समयसीमासहित ‘सुधार कार्यान्वयन कार्ययोजना’ जारी
-
नेपाल समृद्धउन्मुख छ, निराश हुन आवश्यक छैन : अध्यक्ष दाहाल
प्रतिक्रिया